साप्ताहिक मोडल प्रवेशिका अधिकारी (फोटो फिचर)

prabesika-adhikari-nepaliheroine-20160924-4
Prabesika Adhikari – प्रवेशिका अधिकारी

नेपालगन्जमा जन्मिए पनि अमेरिकामा हुर्किएकी प्रवेशिका अधिकारी यतिबेला काठमाडौंमा छिन् । केही महिनाअघि सम्पन्न मिस प्लस टु प्रतियोगितामा विजयी भएपछि मोडलिङको औपचारिक यात्रा प्रारम्भ गरेकी ५ फिट ६ इन्च अग्ली प्रवेशिका दुई वर्षकै उमेरमा अभिभावकहरूसँगै अमेरिका पुगेकी थिइन् ।

prabesika-adhikari-nepaliheroine-20160924-5
Prabesika Adhikari – प्रवेशिका अधिकारी

करिब १२ वर्ष अमेरिकामा रहेर दुई वर्षअघि स्वदेश फर्किएकी प्रवेशिका यतिबेला मोडलिङमा सक्रिय छिन् । भर्खरै सम्पन्न ओरियन फेसन शोमा क्याटवाक गरिसकेकी प्रवेशिका घटस्थापनाको दिन काठमाडौंमा आयोजना हुने अर्को एउटा फेसन शोमा क्याटवाक गर्दैछिन् भने अर्को साता मोडल क्वेष्ट इन्टरनेसनलमा उद्घोषिकाका रूपमा प्रस्तुत हुँदैछिन् ।
मोडलिङलाई सौखका रूपमा मात्र सीमित गर्न चाहने प्रवेशिका चिकित्सक बन्न चाहन्छिन् । उनी त्यसका लागि एमबीबीएसको प्रवेश परीक्षाको तयारी गरिरहेकी छिन् ।

prabesika-adhikari-nepaliheroine-20160924-2
Prabesika Adhikari – प्रवेशिका अधिकारी

अमेरिकामा रहँदा स्वीमिङ खेलाडीका रूपमा समेत सक्रिय प्रवेशिकाले नेपालमा भने पौडीका कुनै पनि प्रतियोगितामा सहभागिता जनाएकी छैनन् । फुर्सदमा भ्वाइलिन वादन तथा पौडी खेल्न रुचाउने प्रवेशिका नेपालमा एमबीबीएस गरेर एमडी गर्न पुन: अमेरिका जाने तथा चिकित्सक बनेपछि पुन: नेपाल नै फर्किएर स्वास्थ सेवामा सक्रिय रहने बताउँछिन् ।
-कृष्ण भट्टराई 

हेर्नुस् फोटो फिचर
तस्बिर : मनिष अमात्य

 

One thought on “साप्ताहिक मोडल प्रवेशिका अधिकारी (फोटो फिचर)”

Leave a comment