Tag Archives: indira joshi

उहाँले प्रस्ताव राखे हुन्छ भन्छु : इन्दिरा जोशी

नेपाली गीतलाई माया गर्ने जो कोहीको मुखमा पनि झुण्डिने नाम हो इन्दिरा जोशी । रातो घाँघर, जाउँ कि नजाउँ, उध्रेको चोली जस्ता चर्चामा रहेका गीत उहाँको स्वरमा सजिएका गीत हुन् । इन्दिरा नवलपरासी, बन्जरीया गाउँकी जमिन्दारकी छोरी भैकन पनि व्यवहारमा सरल स्वभावकी हुनुहुन्छ ।

बुबा आमाकी पाँचौँ छोरी इन्दिरा हाल काठमाडौँको धापासीमा बस्नुहुन्छ । उहाँ आफ्नै कमाइको घर र गाडीमा सम्भ्रान्त जीवन विताइरहनु भएको छ । नेपाल टेलिभिजनको कार्यक्रम ‘नेपाली तारा’मा गायिकातर्फ प्रथम हुनुभएकी इन्दिरा जोशी ‘स्टेज शो’को लागि आजका दिनमा सर्वाधिक रुचाइएकी गायिकामा हुनुहुन्छ ।
अरुको तुलनामा कम गीत गाएकी जोशी संख्याभन्दा गुणात्मकतामा ध्यान दिनुहुन्छ । गुरुदेव कामत, भानुभक्त ढकाल र इश्वर अमात्य इन्दिराका सांगीतिक गुरु हुनुहुन्छ ।

उहाँको नयाँ एल्बम ‘गर्ल फ्रेण्ड’ चाँडै बजारमा आउँदैछ । गायिका इन्दिरा जोशीसँग गरेको कुराकानी : Continue reading उहाँले प्रस्ताव राखे हुन्छ भन्छु : इन्दिरा जोशी