म राम्री पनि छु, सेक्सी पनि – रागिनी खड्गी (नायिका)

रागिनी खड्गी राम्री कि सेक्सी ?

दुवै। वास्तवमा अचेल राम्री युवतीहरूलाई सेक्सी पनि भनिन्छ। त्यसैले म राम्री पनि छु, सेक्सी पनि !

सेक्सलाई कसरी परिभाषित गर्नु हुन्छ ?

यो एउटा शारीरिक आवश्यकता हो, जसलाई कसैले नकार्न सक्दैन। यो वयष्क जोडीलाई एक-अर्काको नजिक ल्याउने एउटा माध्यम हो। ने पाली समाजमा विवाहपछि यो सम्बन्धलाई आधिकारिक मानिन्छ।

तपाईंले यसको अनुभव लिनुभएको छ कि छैन ?

अवश्य पनि छ। म विवाहित भएकाले आफ्नै श्रीमान्सँग यसको अनुभव गरेकी छु। विडम्बना मेरा श्रीमान् अहिले यो संसारमा हुनुहुन्न।

चलचित्रमा बेड सिन अथवा न्यूड बन्नुपर्ने दृश्य आयो भने के गर्नुहुन्छ ?

चलचित्रको कथा तथा सीमामा रहेर बेड सिन दिन सकिन्छ, तर न्यूड नै हुनुपर्ने दृश्य छ भने म त्यो चलचित्रमै अभिनय गर्दिनँ।

तपाईं बुवा (राजेन्द्र खड्गी) का कारणले चलचित्र क्षेत्रमा टिकिरहनु भएको हो भनिन्छ नि ?

भन्नेहरू त जे पनि भन्छन्। बुवाको कारणले यो क्षेत्रमा म सुरक्षित चाहिँ छु तर उहाँकै कारणले चलचित्रहरू पाइरहेको भन्ने कुरा गलत हो। मेरो काम राम्रो नभएको भए मैले करिब दुई वर्षको अवधिमा झन्डै एक दर्जन चलचित्र पाउने थिइनँ।

ragini_nepaliheroine

Leave a comment